लाइसेन्स लिएर विद्युत उत्पादन नगर्ने कम्पनीको सम्झौता खोरज हुने

लाइसेन्स लिएर विद्युत उत्पादन नगर्ने कम्पनीको सम्झौता खोरज हुने

केन्द्रबिन्दु
0
Shares

विद्युत उत्पादन गर्ने लाइसेन्स लिएर विद्युत उत्पादन नगर्ने कम्पनीको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) खोरज हुने भएको छ ।

आइतबार  नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले क्रस बोर्डर विद्युत व्यापारमा खुला पहुँच र प्रसारण मूल्य निर्धारणलाई प्राथमिकता विषयक परामर्श कार्यशाला कार्यक्रममा बोल्दै उर्जा जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले  विद्युत उत्पादन गर्नको लागि अनुमति पत्र (लाइसेन्स) लिएर पीपीए गर्ने तर विद्युत उत्पादन नगर्ने कम्पनीको पीपीए खोरज गर्ने तयारीमा रहेको बताएकी हुन् ।

उनले पछिल्लो समय सरकारसँग करिव १६ सय मेगावाट जलविद्युत आयोजनाहरु टेक एण्ड पे प्रावधानमा पीपीए भएर पनि निर्माण कार्य नभएको भन्दै पीपीए खोरज गर्ने बताइन् ।

जलविद्युत आयोजनाको निर्माण कार्य नगर्ने तर खोला नदी ओगटेर बस्ने प्रविधिको अन्त्य गरिने पनि मन्त्री भुुसालको भनाइ छ   । मन्त्री भुसालले नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद सम्झौता गरेका करिव ३ हजार २ सय मेगावाटका जलविद्युत आयोजनाहरु निर्माणाधिन अवस्थामा रहेको जानकारी दिइन् ।

मन्त्री भुसालका अनुसार भारतसँग थप विद्युत व्यापार गर्नको लागि आवश्यक कुटनितिक र राजनीतिक छलफल भइरहेको छ ।

Skip This
Skip This
Logo