भारतीय अटो निर्माता महिन्द्रा एण्ड महिन्द्राले नयाँ स्कर्पियो एनको बुकिङ खुला गरेको छ । यो नयाँ एसयूभी वुकिङ खुल्ला गरिएको आधा घण्टा भित्रै १ लाख भन्दा बढी युनिट वुक भएको जनाइएको छ ।
कम्पनीले भारतीय बजारका लागि खुल्ला गरेको बुकिङमा ३० सेकेन्डमै पहिलो २५ हजार स्कर्पियो एन बुक भएको थियो भने अर्को ५ मिनेटको समयमा थप ४० हजार युनिट बुकिङ भएको हो ।
महिन्द्राले भारतको आन्तरिक बजारका लागि हिँजो शनिबार बिहान ११ बजेबाट बुकिङ खुलाएको थियो । समग्रमा महिन्द्राले ३० मिनेटको समयमा १ लाख भन्दा बढी स्कर्पियो एनको बुकिङ लिन सफल भएको छ । कम्पनीले यो गाडीको वुकिङ अनलाइन र आधिकारिक डिलरबाट लिन सक्ने व्यवस्था मिलाएको थियो ।
भारतसहित नेपाल र दक्षिण अफ्रिकामा एकै दिन लन्च गरिएको यो एसयूभीको नेपालमा भने हालसम्म मुल्य समेत निर्धारण हुन सकिरहेको छैन । हाल कारोबार भैरहेको स्कर्पियो भारतपछि सवैभन्दा बढी नेपालमा खपत हुँदै आइरहेको छ ।





























प्रतिक्रिया