युवासंघमा १० उपाध्यक्ष, महासचिवमा क्षितिज थेबे चयन

युवासंघमा १० उपाध्यक्ष, महासचिवमा क्षितिज थेबे चयन

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकले १० उपाध्यक्ष सहित १८ जना पदाधिकारी चयन गरेको छ । युवा संघको अध्यक्षमा यसअघि नै किरण पौडेल चयन भइसकेका छन् ।

युवासंघ अहिले नवौं राष्ट्रिय महाधिवेशनको तयारीमा छ । त्यसका लागि आयोजक कमिटी गठन भएको छ । कमिटीको महासचिवमा  क्षितिज थेबे चयन भएका छन् ।

उपाध्यक्षहरुमा सुजित कुमार झा,सुरज क्रान्ति बुर्लाकोटी, अमित लामा सन्तोष रावल,अन्जना अधिकारी चयन भएका छन् । यसैगरी उपाध्यक्षमा उर्मिला सुनुवार सुनुवार ,कृष्णहरी के.सी.,सुमन पुरी,पुष्पराज श्रेष्ठ र रामजी सापकोटा भएका छन् ।

युवासंघको उपमहासचिव रमेश तिवारी,उपमहासचिव विजय डाँगी र सचिवहरुमा विकास ज्ञवाली ,सीता सुवेदी, बैजनाथ शाह , विष्णा चन्द चयन भएको युवा संघले जनाएको छ ।

Skip This
Skip This
Logo