पछिल्लो पटक भारतबाट पेट्रोलियम पदार्थको मूल्य फेरी घटेर आएको छ ।
भारतीय आयल कर्पोरेसन (आइओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । अगष्ट १ तारिख अर्थात सोमबारदेखी लागु हुने गरी आइओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र डिजेल तथा मट्टितेलमा समान प्रतिलिटर १२ रुपैयाँ ४५ पैसाले घटेको छ ।
अघिल्लो पटक जुलाई १५ तारिखमा पनि आइओसीले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेलमा प्रतिलिटर १६ रुपैयाँ ५६ पैसाले मूल्य घटाएको थियो । तर मूल्य घटेर आउँदासमेत निगमले यता आन्तरिक बजारमा मूल्य समायोजन गरेको थिएन ।
पछिल्लो पटक अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको निरन्तरको गिरावटपछि दोस्रो पटक इन्धनको मूल्य घटेर आएको हो ।































प्रतिक्रिया