नेपाली उद्योगहरुमा नेपाली कामदारहरुलाई प्राथमिकता दिएर राख्न संसदिय समितिले निर्देशन दिएको छ ।
संसदीय समितिले नेपाली उद्योगहरूमा विदेशी मजदुरहरू राखिएको विषयमा श्रम विभागलाई अनुगमन गरेर लगत संकलन गर्न भनेको छ । सोमबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगार र श्रम सम्बन्धी समस्याका विषयमा श्रम मन्त्री शेरबहादुर कुँवरसँगको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो ।
समिति सभापति विमलप्रसाद श्रीवास्तवले नेपाली उद्योगमा विदेशी कामदारको लागत संकलन गरी विदेशी कामदारको ठाउँमा स्वदेशी कामदार राख्न निर्देशन दिए । समितिले कतार, इजरायल तथा दक्षिण कोरियामा अहिलेसम्म श्रम मन्त्रालयबाट भए, गरेका कार्य प्रगतिको विवरण पठाउन पनि मन्त्रालयलाई निर्देशन दिएको छ ।





























प्रतिक्रिया