प्लेन चढेपछि श्रम सम्झौता च्यात्ने प्रवृतिले नेपाली मजदुर ठगिए : श्रममन्त्री कुँवर

प्लेन चढेपछि श्रम सम्झौता च्यात्ने प्रवृतिले नेपाली मजदुर ठगिए : श्रममन्त्री कुँवर

केन्द्रबिन्दु
0
Shares

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउने बताएका छन् । 

सोमवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगार र श्रम सम्बन्धि समस्याका विषयमा गरेको छलफलमा मन्त्री कुँवरले यस्तो बताएका हुन् । उनले सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमीकहरुको सुरक्षा, पारिश्रम र काम गर्न जाने देशको कानून श्रमिकको हितमा भए/नभएको अध्ययन गरेर श्रम सम्झौता गर्ने वातावरण बनाउनुपर्ने बताए । 

मन्त्री कुँवरले नेपालले सबैभन्दा पहिला शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग, श्रमलाई उद्यमसँग र उद्यमलाई रोजगारीसँग जोड्न सके मात्रै श्रम क्षेत्रलाई व्यवस्थित गर्नसक्ने दाबी गरे। उनले नेपाली श्रमिक विदेशमा कुनै सिप क्षमता बिना वैदेशिक रोजगारीमा गइरहेको भन्दै वैदेशिक रोजगारीमा जाने नेपालीले सिप र क्षमता विकास गर्न आवश्यक रहेको उल्लेख गरे । 

मन्त्री कुँवरले वैदेशिक रोजगारीमा जानुभन्दा पहिला तलव सुविधामा सम्झौता गर्ने र हवाइ जहाज चढेपछि सम्झौता च्यात्ने प्रवृतिले नेपाली मजदुर ठगिएको भन्दै सरकारले त्यस्तो कार्य रोक्ने बताए। उनले सरकारले वैदेशिक रोजागारमा जाने मजदुरको श्रमलाई मर्यादित बनाउने र वैदेशिक रोजगारीमा जाने प्रक्रिया लामो भएको गुनासो आएकाले लामो प्रक्रियालाई सहज बनाउन मन्त्रालय समयानुकुल ऐन कानूनहरु परिमार्जन गर्ने तयारीमा रहेको बताए । 

 

Skip This
Skip This
Logo