नेकपा एमालेका सांसद महेश बस्नेतले अर्थमन्त्री जनार्दन शर्माप्रति संसदमा व्यंग्य गरेका छन् । मंगलवार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद बस्नेतले सहयोग नगर्ने कर्मचारी हटाउने, कमिसन नखुवाउने उद्योगीहरुलाई कारबाही गर्ने, चुनावी खर्च जुटाउने, गठबन्धन जिताउन एमाले हराउन लाग्ने भन्दै अर्थमन्त्री शर्माप्रति कटाक्ष गरेका हुन् ।
उनलेअर्थका नामका अनर्थमन्त्री जनार्दन नामका धनार्दन शर्मा बोल्दैछु भन्दै संसदमै व्यंग्य गरे । उनले अर्थमन्त्री शमप्रति जनताले सबै मूल्याङ्कन गरेको छ, महँगी र भ्रष्टाचार अनियमितता कुशासशनको हिसाव गर्नेछन्, जनता विचलित देश बिरोधी गठबन्धन कमजोर हुने र निर्वाचन आउँदैछ जस्ता कटाक्ष गरे ।
त्यस्तै नेपाली काँग्रेसका सचेतक मिनबहादुर विश्वकर्माले नेपाल चक्रवर्ती कलेजले कानून संकायको शुल्क बढाउँदा आन्दोलन गर्ने विद्यार्थीमाथि प्रहरी र बाउन्स लगाएर कुटपिट गरेको विषयमा सरकारको ध्यानाकर्षण गराए । उनले कलेजले कलेजले अकस्मात आफ्नो कोषको बिए एलएलबी कोषको ७ लाख १२ हजारबाट १० लाख ७० हजार र एलएल एमको ३ लाख २३ हजारबाट ५ लाख ६८ हजार शुल्क बढाएको बताए ।
त्यस्तै सांसद मिना सुब्बाले सरकारी विद्यालय र निजी विद्यालयका विद्यार्थीको शैक्षिक पहुँच सम्मान बनाउन सरकारसँग गरिन् । उनले ८० प्रतिशत विद्यार्थी पढ्ने सरकारी विद्यालयहरुले एसइईमा २० प्रतिशत र २० प्रतिशत विद्यार्थी पढ्ने निजी विद्यालयहरुले ८० प्रतिशत राम्रो नतिजा ल्याउनु चिन्ताको विषय भएको बताइन् ।
सांसद मोहन बानियाँले कर्णाली करिडोर निर्माणमा सेना थप गर्न सरकारसँग माग गरे । उनले कर्णाली करिडोर निर्माण कार्य सुस्त भएको बताए । त्यस्तै सांसद मोहनप्रसाद पाण्डेले पाल्पा जाने सडकमा कालीगण्डकीको पानीले जलमग्न भएकाले वैकल्पिक मार्ग तत्काल बनाएर सवारी सञ्चालनमा सहजिकरण गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद यशोदा गुरुङ सुवेदीले सरकारले विप्लव समूहलाई जारी गरिएको पक्राउ पुर्जी फिर्ता लिन माग गरे । उनले सरकारले विप्लव नेतृत्वको नेकपासँग भएको तीन बुँदे सहमति खारेज भएको हो भन्दै प्रश्न गरे ।
जनता समाजवादी पार्टी (जसपा) की सांसद रेनुका गुरुङले सोमबार राति आफ्नो घरको गेटभित्र बम पड्किएको बताइन् । सुरक्षाको कारण देखाउँदै आजीवन निजी सुरक्षाकर्मीको व्यवस्था गर्न गृहमन्त्री र सरकारसँग माग गरिन् ।































प्रतिक्रिया