आठ सयबढी नेपाली श्रमिकलाई जापान पठाउने सरकारको तयारी ( विज्ञप्ति सहित )

आठ सयबढी नेपाली श्रमिकलाई जापान पठाउने सरकारको तयारी ( विज्ञप्ति सहित )

केन्द्रबिन्दु
0
Shares

सरकारले ८ सय बढी नेपाली श्रमिकहरुलाई जापान पठाउने तयारी गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रणालीमार्फत जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने तयारी गरेको हो ।

नेपालीलाई रोजगारीको लागि जापान पठाउने प्रक्रियाको विषयमा छलफल गर्न गठित समितिले बिहीबार बैठक बसेर नेपाली नागरिकलाई जापानमा रोजगारीको लागि बृहत छलफल गरी मन्त्रालयलाई छिटो कामदार पठाउने विषयमा सिफारिस गर्ने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि सन् २०१९ मार्चमा प्रणाली अन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसरहरू प्रदान गर्ने गरी नेपाल सरकार र जापान सरकारबीच एक श्रम समझदारी पत्रमा हस्ताक्षर भएको थियो । 

Logo