कारोबार हुने साताको चौथो दिन बुधवार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ ।
मंगलवार २ दशमलव ८१ अंकले घटेर २ हजार १९३ दशमलव ४३ विन्दुमा वन्द भएको हो । बुधवार २१८ वटा धितोपत्रका ९५ लाख ४२ हजार कित्ता सेयर ४ अर्ब २ करोड ९९ लाख रुपैयाँमा खरीद विक्री भएको नेप्सेले जनाएको छ । बुधवार १३ वटा समूहमध्ये ४ वटा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी व्यापार समूहको परिसूचक ३ दशमलव ८१ प्रतिशतले बढेको हो ।
त्यस्तै, बुधवार साम्लिङ पावर र बलेफी हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने कारोबार रकममा सबैभन्दा बढी आज पनि शिवम् सिमेन्टको २५ करोड ३४ लाखभन्दा बढीको सेयर कारोबार भयो ।





























प्रतिक्रिया