अझै ५ बर्ष राजनीति गर्ने रहर छ : माधव नेपाल

अझै ५ बर्ष राजनीति गर्ने रहर छ : माधव नेपाल

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपालले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने बताएका छन् ।

बिहीबार राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा नेता नेपालले आफूले ७० वर्ष पुगेपछि राजनीति छोड्न चाहेको भए पनि परिस्थितिले नदिएको दाबी गरे ।

‘७० वर्षमै छोडौं कि भनेको परिस्थितिले दिएको छैन’, उनले भने,  ‘आज मात्रै चुनाव घोषणा भएको छ । यसपटकको चुनाव त लड्नैपर्छ, जित्नैपर्छ । नउठ्ने हो भने माधव नेपाल डराएछ कि भन्ने पर्छ । सामना गरेर, चुनावमा उठेर, विजयको ढोका बजाएर तपाईहरुको बीचमा मैले फेरि आउनुपर्नेछ ।’ उनले अबको पाँच वर्ष पछि भने राजनीतिबाट विदा लिने बताए ।

‘मलाई कतिपय पत्रकार साथीहरुले एकदिन दिनुहोस् न भनेर मागेका छन् तर समय मिलाउन भ्याइरहेको छैन । एकदिन निकाल्न सकेको छैन’ नेता नेपालले भने, ‘यो समय पाँच वर्षपछि मिल्ने हो कि जस्तो लागेको छ । अब यो राजनीतिबाट पाँच वर्षपछि बिदाई हुनुपर्ला जस्तो लागिरहेको छ । धेरै बस्न पनि जरुरी छैन’

Logo