सहकारीहरुका लागि कोप कार्ड सेवा सुरु भएको छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड एससीटी ले सहकारीहरुका लागि राष्ट्रिय सहकारी बैंक लिमिटेड र ग्लोबल आइएमई बैंकसँगको सहकार्यमा सहकारी पहिचान सहितको कोप कार्ड सेवा शुभारम्भ गरेको हो ।
सहकारी बैंक लिमिटेडको २०औँ स्थापनादिवसको अवसरमा भूमिव्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितिमा बिहिबार सेवाको शुभारम्भ गरिएको हो ।
राष्ट्र बैंकको नीति तथा निर्देशन अनुरुप एससीटीले समग्र भुक्तानी प्रणालीमा र विद्युतीय कारोवार एटीएम कार्ड,स्मार्टक्यूआर र मोबाइल बैंकिङमार्फत आफ्नो सेवा दिँदै आएको छ ।
अहिलेसम्म सबै बैंक तथा वित्तीय संस्थाहरुलाई मात्र सेवा दिइरहेकोमा बढ्दै गएको सहकारीको भूमिका र कारोबार समेतलाई मध्यनजर गर्दै सहकारीहरुले पनि न्यूनतम लागतमा सहजै एटीएम कार्ड जारी गर्न सक्ने प्रविधि र प्रक्रिया मिलाइएको छ ।
विगत केही समयदेखि एसटीसीले एक सय भन्दा बढी सहकारीहरुलाई कार्ड सेवा दिइसके पनि यसलाई अझ बढी प्रभावकारी बनाउन र सहकारीका सबै सदस्यलाई सेवा दिन सहकारी बैंक लिमिटेडको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीलाई एउटै ब्राण्डको कोप कारी जारी गर्न संचालनमा ल्याएको हो ।
यसरी प्रदान गर्ने कार्ड अन्तर्राष्ट्रिय स्तरको चिप कार्ड र कन्टाक्टलेश प्रविधिमा आधारीत हुने र नेपाल तथा भारतका एटीएम÷पोस जुनसुकै स्थानबाट सहजै चलाउन सकिने छ । यस कोप कार्ड ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंक मार्फत सहकारीहरुले जारी गर्नेछन ।
यस सहकार्य पश्चात सम्पूर्ण सहकारीहरुले सजिलै राष्ट्रिय सहकारी बैंक लिमिटेडमा सम्पर्क गरि कोप कार्ड जारी गर्न सक्नेछन् । सहकारीहरुले आफनो सदस्यहरुलाई कोप कार्डको वितरण गरे पछि सहकारीमा आबद्ध सदस्यहरुले आफ्नो सहकारीको खातावाट जुनसुकै बेला जहाँबाट पनि एटीएम मार्फत रकम निकाल्न सक्नेछन ।
त्यस्तै पोसको माध्यमबाट कुनै पनि सेवा वा वस्तु खरिद गर्न सक्नेछन् । यो सुविधाबाट सदस्यहरुको सहकारीप्रति विश्वास बढ्दै जाने, नगद कारोबार कम भएर औपचारिक रुपमा बचत परिचालन हुने र वित्तीय सेवा २४ घण्टा उपलब्ध हुनेछ ।





























प्रतिक्रिया