चिठ्ठा परेको भन्दै ठगि गर्ने गिरोह कतार प्रहरीद्वारा सार्वजनिक, सर्तक रहन सबैमा अनुरोध

चिठ्ठा परेको भन्दै ठगि गर्ने गिरोह कतार प्रहरीद्वारा सार्वजनिक, सर्तक रहन सबैमा अनुरोध

केन्द्रबिन्दु
0
Shares

दोहा कतार।
कहिले कलमार्फत त कहिले म्यासेज मार्फत तपाईंलाई बधाई छ लटरीमा तपाईंले यति रकम जित्नु भएको छ, उक्त रकम प्राप्त गर्न हामीले भने बमोजिम गर्न या म्यासेजको जवाफ दिन अनुरोध गर्दछौं भनी प्रायः जसो मोवाईलमा कल/म्यासेज आइरहेको हुन्छ । कतारमा कुनै पनि लट्री सञ्चालन गर्न वैधानिकता नभएको हुँदा त्यस्ता कल तथा म्यासेजले धेरै जना लुटिएको तथ्य कतार प्रहरीले फेला पारेको छ ।

गृह मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्ति अनुसार अनलाइनबाट बैंकका ग्राहकसँग रकम ठगी गरेको कसुरमा ३१ जनाको गिरोहलाई पक्राउ गरिएको जनाएको छ । गिरोहले फरक फरक व्यक्तिहरूको नम्बरमा म्यासेज तथा फोन गर्दै तपाईंले यति पुरस्कार जित्नु भएको वा तपाईंको बैंक कार्ड रद्द भएको हुँदा तपाईंको मोबाइलमा आएको OTP (one time password) हामीलाई दिनु होला भनी ग्राहकको बैंक खातामा कब्जा जमाउँदै करिब १ करोड रियाल झन्डै ३२ करोड नेपाली रुपैयाँ ट्रान्सफर गरेको सबुतसहित गिरोहलाई सार्वजनिक गरेको छ ।

उक्त कार्यलाई अन्जाम दिन चार हजार भन्दा बढी सिम कार्डको प्रयोग गिरोहले गरेको थियो । उक्त गिरोहमा कुन कुन समुदायका नागरिक थिए भन्ने जानकारी प्रहरीले गोप्य रोखेको छ । मोबाइल कार्ड रद्द भएका र पुरस्कार जितेका म्यासेज सही र सत्य नभएको हुँदा विश्वास नगर्न र विवरणहरू कसैलाई नदिन नागरिकहरूसँग प्रहरीले अनुरोध गरेको छ ।

Logo