काठमाडौं ।
नेपाली लिग स्पिनर सन्दीप लामिछाने अनुबन्धित जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा तेस्रो हार खाएको छ । हाल सम्म खेलिएका प्रतियोगिताका पाँच खेल मध्ये पछिल्लो खेलमा जमैकाले बार्बाडोससँग ३६ रनको हार खानु परेको हो ।
जितका लागि १ सय ४९ रनको लक्ष्य पछ्याएको जमैकाले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १२ रन मात्र जोड्न सकेको थियो । जमैकाले सातौं ओभरमा नै ४ विकेट गुमाउँदा मात्र २७ रन बनाएको थियो ।
टस जितेर पहिले फिल्डिङ रोजेको जमैकाका स्पिनरद्वय सन्दीप लामिछाने र मुजिब उर रहमानले खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन कायम राखे पनि त्यो जितका लागि पर्याप्त हुन सकेन । सन्दीपले १६ रन जोड्दै २ विकेट लिएका छन् ।
बार्बाडोसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४८ रन जोडेको थियो । जमैकाले यस अघिका २ खेलमा जित हात पारेको थियो भने २ खेलमा हार खाएको थियो ।





























प्रतिक्रिया