प्रिमियर इन्टरनेशनल स्कूल एक अन्तर्राष्ट्रिय विद्यालय हो जुन नेपालमै पहिलो पटक आईबी (इन्टरनेशनल ब्याकलोरेट) स्कूलका रुपमा परिचित छ ।
आईबीलाई विश्वमा नै वर्ल्ड क्लास एजुकेशनका रुपमा लिने गरिन्छ । सन् २००८ मा स्थापना भएको यो स्कूलले गत वर्षदेखि कक्षा ११ र १२ मा पनि अध्यापन सुरु गरेको छ ।
स्वच्छ, सुन्दर, शान्त वातावरणमा सुविधासम्पन्न भौतिक संरचना सहितको यो स्कूल ललितपुरको खुमलटार हाईटमा छ । 'आईबी कन्टिन्युम स्कुल अफ इन्टरनेशनल एजुकेशन' बन्न सफल प्रिमियर इन्टरनेशनल स्कुलले अंगालेको शिक्षण विधि विश्वकै नमुना र उपयुक्त विधि हो । प्रिमियरले आईबी कन्टिन्युम स्कुलको दर्जा पाएसँगै नेपालमा अन्तर्राष्ट्रिय शिक्षा चाहने अभिभावक तथा विद्यार्थीहरूका लागि पूर्ण रूपमा नयाँ ढोका खुलेको छ ।
सन् २०१४ र २०१७ मा स्विटजरल्यान्डमा अवस्थित इन्टरनेशनल बाक्कालोरिएट (आईबी)बाट मान्यता प्राप्त यो स्कुलमा कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरूका लागि आईबी एमवाईपी कार्यक्रमहरु प्रदान हुँदै आएको छ । जुन प्रदान गर्ने प्रिमियर नेपालको पहिलो र एक मात्र स्कुल हो ।
यो स्कुलले आईबीका प्राथमिक वर्ष कार्यक्रम (पीवाईपी), मध्य वर्ष कार्यक्रम (एमवाईपी) र डिप्लोमा कार्यक्रम (डीपी) गरी तीन मुख्य कार्यक्रमहरू प्रदान गर्दै आईबी कन्टिन्युम स्कुलको रुपमा स्थापित भएको छ ।
१५० भन्दा बढी देशमा मान्यता प्राप्त ११ र १२ कक्षाका विद्यार्थीहरूका लागि सबैभन्दा कठिन प्रि–यूनिभर्सिटी कार्यक्रममध्ये एक मानिने नयाँ आईबीडीपी कार्यक्रम पनि हाल प्रिमियर स्कुलले संचालनमा ल्याएको छ । यी तीन आईबी कार्यक्रमहरूले विद्यार्थीहरुको सीपलाई अझ विकास गरी भविष्यका लागि तयार बनाउने दाबी स्कुलको छ ।
आईबी एजुकेशनमा विद्यार्थीको सामाजिक, मानसिक तथा भावनात्मक स्थितिलाई ध्यान दिएर अनुभवी अध्यापकबाट पढाईने गरिन्छ । विद्यार्थीको सर्वाङगिण विकासमा ध्यान दिँदै यो स्कूलले बालबालिकालाई सामाजिक, मनोवैज्ञानिक परामर्श समेत दिने गर्दछ ।
प्रिमियर स्कुलले विद्यार्थीको क्षमता अभिवृद्धि गर्न उनीहरुमा अनुशासित, साहषी, चुनौती गर्ने सामना, समस्या समाधान गर्ने क्षमता, स्वतन्त्र भएर काम गर्ने वातावरण सिर्जना गरेको छ । विद्यार्थीको सिप तथा क्षमता विकासका लागि हाजिरिजवाफ, वक्तृत्वकला, नृत्य, गीत संगीत, फोटोग्राफी, खेल्कुद, फिल्म मेकिंग लगायतमा समेत प्रिमियर स्कुलले आफ्ना विद्यार्थीलाई पोख्त बनाउने गरेको छ ।
विद्यार्थीहरुको चौतर्फी विकासमा सहयोगी बन्दै प्रिमियरले अन्तर्राष्ट्रिय बजारमा समेत खरोरुपमा उत्रन सक्ने गरी विद्यार्थीहरुको आधार तयार गर्न प्रतिवद्ध छ ।































प्रतिक्रिया