शिवम सिमेन्ट लिमिटेड र षट्कोण आर्टस्ले नेपाली कथानक चलचित्र “महापुरुष” का लागि सहकार्य गर्ने भएका छन् । नेपालको एक अग्रणी सिमेन्ट उत्पादकका रुपमा रहेको शिवम् सिमेन्ट र षट्कोण आर्टस्ले आर्थिक तथा प्रर्वद्धनात्मक क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धताका साथ सम्झैतापत्रमा हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षर कार्यक्रममा शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिङका भाईस प्रेसिडेन्ट, श्री के.पि. रिजाल, कन्ट्रीहेड निखिल अग्रवाल र डि.जि.एम. मार्केटिङका केशव अर्याल उपस्थिति रहेको थियो भने षट्कोण आर्टस्को तर्फबाट निर्देशक प्रदिप भट्टराई, निर्माता रविद्र सिंह बाँनिया, कलाकार राजाराम पौडेल, गौरी मल्ल, अरुण क्षेत्री लगाएत अन्य कलाकारहरुको उपस्थिती रहेको थियो ।
मुख्य कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आर्चाय रहेको चलचित्र “महापुरुष” आगामी कात्तिक ११ मा रिलिज गर्ने तयारी गरिएको छ । चलचित्रमा मह जोडी सहित कलाकारहरु राजाराम पौडेल, गौरी मल्ल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रको लेखन तथा निर्देशन प्रदिप भट्टराईले गरेका हुन् । पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रलाई आर्थिक रुपमा सवल बनाई गुणस्तर विस्तार गर्न विभिन्न ब्राण्डहरुसंग सहकार्य गर्ने क्रम बढ्दै गएको छ । शिवम् सिमेन्ट लिमिटेडले मह सञ्चारको अघिल्लो चलचित्र शत्रु गते, दालभात तरकारी लगाएतका फिल्महरुमा समेत सहकार्य गरेको थियो ।





























प्रतिक्रिया