‘१९औं डाबर वाटिका तीज फेस्टिवल-श्रृजनशील उद्यमी मेला’ सुरु

‘१९औं डाबर वाटिका तीज फेस्टिवल-श्रृजनशील उद्यमी मेला’ सुरु

केन्द्रबिन्दु
0
Shares

नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा १९औं डाबर वाटिका तीज फेस्टिवल-श्रृजनशील उद्यमी मेला- २०७९ सुरु भएको छ । 

त्रिपुरेश्वरमा एक कार्यक्रमबीच महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले मेलाको शुक्रबार उद्घाटन गरिन् । महिला श्रृजनशील केन्द्रको आयोजना तथा राईजिङ्ग नेपाल प्रालि (इन्भेष्टमेन्ट संसार डट कम) को व्यवस्थापनमा सुरु मेला पाँच दिनसम्म चल्नेछ । मेलालाई डाबर नेपालको डाबर वाटिका स्याम्पुले मुख्य प्रायोजन गरेको छ भने कान्तिपुर पब्लिकेशनको नारी म्यागजिनले मुख्य सह-प्रायोजन गरेको छ ।

श्रृजनशील केन्द्रकी प्रमुख मिलु थापाले श्रृजनशील महिला दिदीबहिनीहरुलाई सीप र दक्षताको अभिवृद्धि गराई उद्यमशिलता तथा स्वरोजगार तर्फ प्रेरित गर्दै आर्थिक रुपमा सबल बनाई प्रविधिमैत्री वातारवण सिर्जना गर्न मेला आयोजना गरिएको बताइन्। एक सफल उद्यमी बनाउने लक्ष्यका साथ विगत १९ वर्षदेखि श्रृजनशील उद्यमी मेला सञ्चालन हुँदै आएको उनको भनाइ छ ।

विशेषत: अशिक्षित, भेदभाव तथा अवसरबाट वञ्चित महिला समुदायहरुलाई सीप सिकाई उनीहरुको सिर्जना तथा उत्पादनलाई बजारीकरण गर्न यस मेलालाई अवसरको रुपमा लिन सकिन्छ ।

आजको समयमा पनि धेरै महिला दिदीबहिनीहरु नेपाली समाजको पुरानो तथा रुढीवादी सोच र परम्परामा ग्रसित तथा पुरुषवादी चिन्तनमा रुमलिएको अवस्थामा यस संस्थाद्वारा संचालित सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक, प्रशासनिक लगायत सम्पूर्ण क्षेत्रमा पहुँच पुर्‍याउने विभिन्न किसिमका मेला, गोष्ठी, सेमिनार, तालिम तथा कार्यक्रमहरुको फलस्वरुप ७०० भन्दा बढी दिदीबहिनीहरु स्वरोजगार भई काम गर्न सफल भईसकेका छन् ।

शुक्रबार सुरु मेलामा १०० भन्दा बढी स्टल छन् । साथै २५ हजारभन्दा बढी आगन्तुकले अवलोकन गर्ने अपेक्षा गरिएको राइजिङ्ग नेपाल प्रालिका प्रमुख पशुपति केसीले बताए ।

यस मेलाको मुख्य आर्कषणको रुपमा घरेलु तथा हस्तकलाका सामग्रीहरुको प्रर्दशनी, तीज विशेष खानाका परिकारहरु, महिला उद्यमशिलता र वित्तिय पहुँच सम्बन्धी अन्तर्क्रिया कार्यक्रम, निशुल्क स्वास्थ्य शिविर, फोटो सुट, मेहेन्दी आर्ट, हात खालि नजाने विशेष उपहारहरु राखिएको महिला श्रृजनशील केन्द्रकी प्रमुख थापाले जानकारी दिइन् । मेलामा काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका साथै चन्द्रागिरि नगरपालिको सहयोगमा केही स्टल छन् । साथै आयोजकद्धारा १० भन्दा बढि स्टल असहाय, अशक्त, अपाङ्ग र ग्रामिण क्षेत्रका पिछडिएका महिलाहरुलाई निशुल्क प्रदान गरिएको छ ।

Skip This
Skip This
Logo