मुग्लिन बजार नजिकैबाट त्रिशुलीमा खस्यो ट्रक

मुग्लिन बजार नजिकैबाट त्रिशुलीमा खस्यो ट्रक

केन्द्रबिन्दु
0
Shares

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट इँटा बोकेको ट्रक त्रिशूलीमा खसेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान नौ बजे ट्रक त्रिशूलीमा खसेको हो ।

मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको उक्त ट्रक अनियन्त्रित भई त्रिशूलीमा खसेको हो । ट्रक पूर्ण रूपमा डुबेको अवस्थामा रहेकाले नम्बर र कति जना सवार थिए भन्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ । ट्रक बाहिर निकाल्ने प्रयास जारी रहेको छ । घटनाको थप जानकारी आउँन बाँकी छ। 

Logo