नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीबीच भेटवार्ता भएको छ ।
सोमबार एमाले अध्यक्ष ओलीको निवास, बालकोटमा भएको भेटमा नागरिकता विधेयक र चुनावी गठबन्धनबारे कुराकानी भएको त्रिपाठीले बताए ।
राष्ट्रिय जनता पार्टी छाडेर स्वतन्त्र राजनीतिक समूह बनाएका त्रिपाठी र वृजेशकुमार गुप्ताले २०७४ को प्रतिनिधिसभा चुनावमा पनि सूर्य चिह्न लिएर प्रतिस्पर्धा गरी निर्वाचित भएका थिए । त्रिपाठी ओली सरकारमा छोटो समयका लागि स्वास्थ्य तथा जनसंख्यमन्त्री बनेका थिए । गुप्ता एमाले प्रवेश गरिसके भने त्रिपाठीले आफ्नो नेतृत्वमा जनता प्रगतिशील पार्टी बनाएका छन् ।
चुनावपछि हुने गठबन्धन अवसरवादी हुने भएकाले चुनावअघि नै गठबन्धन गर्नुपर्ने पक्षमा आफुहरु रहेको बताए ।
उनका अनुसार नागरिकता विधेयक फिर्ता भएको विषयमा समेत ओलीसँग कुराकानी भएको थियो । हिजो ओली सरकारले पनि संसदबाट पास गरेको जस्तै नागरिकता विधेयक ल्याएको र प्रतिनिधिसभा विघटन भएपछि अध्यादेश नै ल्याएको स्मरण गर्दै त्रिपाठीले भने, ‘हाम्रो त हरहालतमा पास हुनुपर्छ भन्ने छ ।’































प्रतिक्रिया