नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमप्रति लोकतान्त्रिक समाजवादी पार्टीले असन्तुष्टि जनाएको छ ।
साथै उक्त पार्टीले नागरिकता विधेयकलाई अबिलम्ब पारित गराउन सरकारसँग माग गरेको छ । पार्टीका अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गर्दै नागरिकता विधेयक फिर्ता गर्दा झन् बढी जटिलता आउने खतरा औंल्याएका छन् ।
राष्ट्रपतिको कदमबाट मधेश लगायत देशका विभिन्न भागमा रहेका नागरिक चिन्तित र निराश भएको अध्यक्ष ठाकुरले बताएका छन् । नागरिकताको समस्या बेलामा समाधान नभए असन्तुष्टि बढ्दै जाने र त्यसले समस्या थपिँदै जाने लोसपाले उल्लेख गरेको छ ।





























प्रतिक्रिया