आर्थिक वर्ष २०७८÷७९ को असार मसान्तसम्ममा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ४ दशमलव ८ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांक अनुसार गत आवको असार मसान्तसम्म १० खर्ब ७ अर्ब ३१ करोड रेमिट्यान्स नेपाल भित्रिएको हो।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९ दशमलव ८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २ दशमलव २ प्रतिशतले वृद्धि भई ८ अर्ब ३३ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ८ दशमलव २ प्रतिशतले बढेको थियो।
समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण० लिने नेपालीको संख्या वृद्धि भई ३ लाख ५४ हजार ६६० पुगेको छ।
अघिल्लो आर्थिका वर्षमा यस्तो संख्या ६२ दशमलव ८ प्रतिशतले घटेको थियो। त्यस्तै, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १९८ दशमलव ५ प्रतिशतले वृद्धि भई २ लाख ८२ हजार ४५३ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४६ दशमलव ८ प्रतिशतले घटेको थियो।





























प्रतिक्रिया