बञ्चरेडाँडामा बुधबार पनि तनावपूर्ण स्थिति छ । स्थानीयको विरोधको बाबजुत पनि प्रहरीले स्कर्टिङ गरेर फोहोरको गाडी बन्चरेडाँडामा लैजान खोजेपछि स्थिति तनावपूर्ण बनेको हो ।
फोहोरको गाडी बञ्चरेडाँडामा पुगेसँगै स्थानीय र प्रहरीबीच झडप भएको छ । सो क्रममा प्रहरीले स्थानीय एक जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले दमन गर्न खोजेको भन्दै स्थानीयबासीहरुले डाँडामा चढेर डुँगा हान्न थालेका छन् । फोहोरको गाडीको लागि सुरक्षाका लागि बन्चरेडाँडामा २५० भन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
मंगलबार प्रहरीले बल प्रयोग गरेर १८६ गाडी फोहोर फालेको थियो । स्थानीयको अवरोध हटाउनलाई प्रहरीले रबर गोली समेत प्रहार गरेको थियो । सो क्रममा एक जना घाइते पनि भएका थिए ।





























प्रतिक्रिया