थप ८५२ जना कोरोना संक्रमित फेला

थप ८५२ जना कोरोना संक्रमित फेला

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घन्टामा देशभर ८५२ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यसबीचमा  ६ हजार ३८३ जनाको परीक्षण गर्दा ८५२ जना संक्रमित भेटिएका हुन। बुधबार संक्रमणबाट हुने मुत्यु शून्य रहेको छ। 

यस्तै, बुधबार ३२८ जना संक्रमणमुक्त भएका छन्  भने हालसम्म देशभर  सक्रिय संक्रमितको ५ हजार ४६२ जना रहेका छन। सक्रिय संक्रमित मध्ये ७ जना भेन्टिलेटर र ५९ जना आइसियुमा उपचार गराइरहेका छन् भने २०३ जना संस्थागत आइसोलेशनमा र ५२५९ जना संक्रमित होम आइसोलेशनमा रहेका छन्।

Logo