माओवादी केन्द्रको स्थायी कमिटि बैठक सर्यो, ४ बजे बस्ने

माओवादी केन्द्रको स्थायी कमिटि बैठक सर्यो, ४ बजे बस्ने

केन्द्रबिन्दु
0
Shares

बिहीबार बिहान बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अपराह्नसम्मको लागि सरेको छ।

आज बिहान ९ बजे बस्ने भनि तय गरिएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको हो। पार्टीका एक नेताका अनुसार आजको बैठकले पदाधिकारीको टुङ्गो लगाउने भएको तर तयारी नपुगेको कारण अपराह्न ४ बजेका लागि सारिएको हो।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीको टुंगो लगाउने तयारी छ। माओवादीको आठौँ महाधिवेशन सात महिना अघि भएको थियो। तर हालसम्म महासचिवको टुङ्गो लागेको छैन।
 

Logo