अल्मुताइरीबारे मैले बोल्न आवश्यक छैनः प्रदीप हुमागाईं

अल्मुताइरीबारे मैले बोल्न आवश्यक छैनः प्रदीप हुमागाईं

केन्द्रबिन्दु
0
Shares

बंगलादेशबिरुद्ध आयोजना हुने अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलका लागि प्रशिक्षक प्रदीप हुमागाईंले एन्फाले उपलब्ध गराएको जिम्मेवारीलाई सदुपयोग गर्दै सुखद् नतिजा निकाल्ने बताएका छन् ।

आगामी असोज ११ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने बंगलादेशबिरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली टोलीलाई सुखद् नतिजा दिलाउने प्रतिवद्धता उनको थियो ।

सातोदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको पत्रकार सम्मेलनमा हुमागाईंले आफ्नो लागि नेपाली टोली सम्हाल्ने एक अवसर भएको भन्दै सुखद् नतिजाको लक्ष्य लिएको बताए । 

तत्कालका लागि नेपालमा फुटबल गतिविधि नभएको अवस्थामा नेपाली टोली सम्हाल्ने जिम्मेवारी पाएका हुमागाईंले मैत्रीपूर्ण खेलका लागि ४० सदस्यीय टोलीको नाम सार्वजनिक गर्दा विवादबाट बाहिरिएका १० खेलाडीलाई पनि समेटेका छन् । पहिलो कार्यसमितिले बाहिरिएका खेलाडीलाई राष्ट्रिय टोलीमा फर्काउने निर्णय भए अनुसार हुमागाईंले उनीहरुलाई टिममा बोलाएका हुन् ।

बंगलादेशसँगको खेलमा जितका लागि कर्मभूमी छोडेर जन्मभूमी आएको बताउँदै प्रशिक्षक हुमागाईंले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीहरुबीच रहेको विवादको बारेमा आपूm बोल्न आवश्यक नरहेको प्रतिक्रिया दिए । उनले आफ्ना लागि सबै खेलाडी समान रहेको बताउँदै छिट्टै सानो आकारको टोली सार्वजनिक गर्ने समेत बताए । 

बोलाइएका खेलाडी बिहीबार बाटै एन्फामा उपस्थित हुन थालेका छन् । प्रशिक्षक हुमागाईंले शुक्रवारबाट अभ्यास गराउने बताए । एएफसी ‘ए’ लाइसेन्स गरेका प्रशिक्षक हुमागाईंलाई प्रक्रियाबाटै नियुक्त गरेको एन्फा प्रवक्ता सुरेस साहले बताए ।

एन्फाले मुख्य प्रशिक्षक बिदामा भएको अवस्थामा अन्तरिम प्रशिक्षकको रुपमा हुमागाईंलाई नियुक्त गरेको हो । मुख्य प्रशिक्षक अल्मुताइरीको विषय समाधानका लागि एन्फा प्रक्रियामा रहेको बताउदै प्रवक्ता सुरेस साहले अल्मुताइरी आउने÷नआउने विषयमा अहिले नै भन्न हतार हुने बताए । 

हुमागाईंको प्रशिक्षणमा नेपालले आगामी असोज ११ गते घरेलु मैदान दशरथ रंगशालामा बंगलादेशबिरुद्ध मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । नेपाली टोलीको जिम्मेवारी हेर्न अमेरिका बस्दै आएका हुमागार्इं बुधबारमात्र नेपाल आएका हुन् ।  

Logo