‘कृष्ण–लीला’ शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आउँदै, फिल्म नचले पुष्पले पारिश्रमिक फिर्ता गर्ने

‘कृष्ण–लीला’ शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आउँदै, फिल्म नचले पुष्पले पारिश्रमिक फिर्ता गर्ने

केन्द्रबिन्दु
0
Shares

बहुप्रतिक्षित फिल्म ‘कृष्ण–लीला’ शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आउँदैछ । कृष्ण जन्माष्टमीको अवसर पारेर फिल्म प्रदर्शनमा आउन लागेको हो ।

नायक पुष्प खड्काले आफू अभिनित फिल्म ‘कृष्णलीला’ व्यापारिक रुपमा असफल रहे पारिश्रमिक फिर्ता गर्ने घोषणा गरेका छन् । उनले एक अन्तर्वातामा  फिल्म नचले आफुले पाएको पारिश्रमिकको निश्चित प्रतिशत निर्मातालाई फिर्ता गर्ने बताएका हुन् ।  

कृष्ण लीलासँग आफु भावनात्मक रुपमा ‘कृष्णलीला’ सँग निकट भएकाले पनि पारिश्रमिक फिर्ता गर्नुपर्छ भन्ने महसुस भएको उनको भनाई छ ।

पुष्पले ‘कृष्ण लीला’बाट कति पारिश्रमिक लिएका छन् त ? यो खुलाएका छैनन् ।  फिल्ममा पुष्पसँगै नायिका श्रद्धा क्षेत्रीको मुख्य भूमिका छ । दीपक ओलीको निर्देशनमा बनेको  फिल्मको निर्माता प्रकाशराज कार्की र केवल तामाङ हुन् ।

पिताम्बर आचार्य र रोजन श्रेष्ठ सहनिर्माता रहेको फिल्मको लाइन प्रोड्युसरमा रमेश तामाङ छन् । रंगपत्रकार लक्ष्मण सुवेदी लिखित फिल्म पूर्वी नेपालको पाँचथर,इलाम,झापाका रमणीय स्थलहरुमा छायांकन गरिएको हो । शिब ढकालले खिचेको फिल्मको सम्पादन अर्जुन जिसीले गरेका छन् । 

Logo