‘बनौँ संस्कारी’ पाठ्यक्रम शुरु गर्यो अक्षरा स्कूलले

‘बनौँ संस्कारी’ पाठ्यक्रम शुरु गर्यो अक्षरा स्कूलले

केन्द्रबिन्दु
0
Shares

डा.राजु अधिकारीको पुस्तक ‘बनौँ संस्कारी’  बिमोचन गरिएको छ । 

काठमाडौंको कागेश्वरी मनोहरा स्थित अक्षरा स्कुलमा एक कार्यक्रमको आयोजना गरी ‘बनौँ संस्कारी’ पुस्तकको शुक्रबार बिमोचन गरिएको हो ।
 पुस्तक बिमोचन कार्यक्रममा प्रमुख अतिथिमा ‘शिक्षा आइकन’ नाम दिई लामो समय डाक्टर पेसामा लागेका प्रोफेसर डा.भगवान कोइराला, निर्वाचन आयुक्त प्रमुख दिनेश कुमार थपलिया, पुस्तकका लेखक डा.राजु अधिकारी र अक्षरा स्कुलकी फाउन्डर तथा प्रिन्सिपल अन्जु भट्टराईको उपस्थिति रहेको थियो । 
 

कार्यक्रमलाई सम्बोधन गर्दै अक्षरा स्कुलकी प्रिन्सिपल अन्जु भट्टराईले शिक्षामा संस्कार थप्नका लागि डा.राजु अधिकारीसँगको सहकार्यमा सो पुस्तक अक्षरा स्कुलको पाठ्यपुस्तकमा समावेस गरिएको जानकारी दिँदै अक्षरा स्कुलले विगत १२ वर्षदेखि नै संस्कारलाई प्राथमिकतामा राखेर सिकाइलाई अगाडि बढाई रहेको बताइन् । 

उनले शिक्षाले मानिसलाई तर्क गर्न र सोच्न सिकाउने तर संस्कारले मानवता, शिष्टचार र व्यवहार सिकाउने उल्लेख गरिन् । उनले शिक्षासँग संस्कार नभए शिक्षामा पूर्णता नहुने जिकिर गरिन् । 

त्यस्तै कार्यक्रममा लेखक अधिकारीले पुस्तकलाई कागजको फुलको संज्ञा दिँदै पुस्तक पढेर जान्ने त भइन्छ तर संस्कारी नभइने बताए । शिक्षासँगै संस्कार दिइएमा जिउने कला सिक्ने उनको भनाई थियो । 

अधिकारीले पछिल्लो समय अभिभावक व्यस्तता देखाएर बालबालिकाप्रति आफ्नो जिम्मेवारीबाट पन्छिने गरेको उल्लेख गरे । साथै बालबालिकाको जिम्मेवारी विद्यालयलाई दिएको छु भनेर उम्कन नपाइने भनाई उनले  राखे ।  उनले थपे, “क्वालिटी समय आफ्नो छोराछोरीलाई दिनु पर्छ र सँगसँगै संस्कार पनि  सिकाउनुपर्छ ।

त्यसैको परिपुर्तिका लागि बनौं संस्कारी पुस्तक लेखिएको हो ।  मैले यो पूस्तक कोभिड–१९ को बेला आफ्नो छोरी हुर्काउदै लेखेको थिए ।” अधिकारी थप्छन, “अरुलाई चिन्नु भन्दा पहिले आफुले आफैलाई चिन्नुपर्छ । सबैभन्दा पहिले आफुले आफैलाई रुपान्तरण गर्नुपर्छ ।”

Skip This
Skip This
Logo