काठमाडौंमा सेनेटरी प्याड उद्योग सञ्चालनमा

काठमाडौंमा सेनेटरी प्याड उद्योग सञ्चालनमा

केन्द्रबिन्दु
0
Shares

महिलाका लागि अत्यावश्यक सेनेटरी प्याड काठमाडौंमै उत्पादन गर्न थालिएको छ। काठमाडौंमा सहयोगी सेनेटरी प्याड उद्योगको स्थापना गरी ‘रोयल विङस’ नामक प्याड उत्पादन तथा बिक्री वितरण शुरु गरिएको हो।

सेनेटरी प्याडको प्रयोग गर्नेको संख्या बढ्दै गएकाले प्याड उद्योग सञ्चालन गरिएको सहयोगी सेनेटरी प्याड उद्योगकी सञ्चालिका गोमा खनालले बताइन्।

सहयोगी सेनेटरी प्याड उद्योगकी अध्यक्ष खनालको सभापतित्वमा सम्पन्न समारोहमा प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ, विशेष अतिथिहरूमा घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंह, पूर्व सहसचिव सुशील पाण्डे, काठमाडौं स्कुल अफ मेडिकल टेक्नोलोजीका डाइरेक्टर अमर अमात्य, मिस्ट कलेजका प्रमुख दीपेन्द्र यादव, एमएनबी बैंकका शाखा प्रमुख, समाजसेवी सञ्चारकर्मी तथा कलाकार सूर्यचन्द लागायतका अतिथि लगायत सहभागी थिए।  

सेनेटरी प्याड प्रयोग गर्ने किशोरी तथा महिलाको संख्या बढ्दै गएको समयमा आफ्नो उद्योगमा उत्पादित प्याड सस्तो र गुणस्तरीय भएको खनालले बताइन्।

‘अझै पनि ग्रामीण भेगका किशोरी तथा महिलाले महिनावारी भएका वेला रुमाल, कपडा प्रयोग गर्नुहुन्छ। यसले विभिन्न संक्रमण देखा पर्छ, उपचारका लागि हजारौँ रुपैयाँ खर्च गर्नुपर्छ।’ उनले सम्पूर्ण महिलालाई ‘रोयल विङस’ प्याड प्रयोग गर्न आग्रह गरिन्।

सहयोगी सेनेटरी प्याड उद्योगको उद्घाटन गर्दै मन्त्री खापुङले स्वास्थ्य मन्त्रालयमार्फत सहयोग गर्न तत्पर रहेको बताए। उनले सेनेटरी प्याड जस्तो संवेदनशील बस्तुलाई अनुदान दिएर सहयोग गर्नुपर्ने वेला बाहिरबाट आयात गर्न ९०५ प्रतिशतसम्म छुट दिएको भन्दै दुःख व्यक्त गरे।

अन्य वक्ताले स्वदेशी उत्पादनलाई प्रोत्साहनका लागि सहुलियत तथा अनुदानमा कर्जा‚ कर छुटको माग गरेका थिए। नेपाली युवालाई रोजगार दिन सफल खनाल सामाजिक कार्यमा पनि सक्रिय छिन्। 

Skip This
Skip This
Logo