नेप्से ७.७२ अंकले घट्यो, दुई अर्ब बढीको कारोबार

नेप्से ७.७२ अंकले घट्यो, दुई अर्ब बढीको कारोबार

केन्द्रबिन्दु
0
Shares

 साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ। आज नेप्से ७.७२ अंकले घटेर २ हजार ०६०.५५ विन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २१८ कम्पनीको ५३ लाख ३९ हजार ४ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ४ करोड ७० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावरको भएको छ। यसको आज १२ करोड २८ लाखभन्दा बढीको कारोबार भएको छ।

आइतबारको कारोबारमा १३ वटा उपसुचकमध्ये ४ उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ। आजको कारोबारमा मन्दाकिनी हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको सेयर भाउ १० प्रतिशतले बढेको छ। यी कम्पनीका लगानीकर्ताले अत्यधिक कमाएका छन्। यस्तै, रिभर फल्स पावर  र हिमालयन हाइड्रोपावरका लगानीकर्ताले अधिक्तम गुमाएका छन्।

Skip This
Skip This
Logo