सोमबार साँझ केन्या जाने राष्ट्रिय टोलीको बिदाइ

सोमबार साँझ केन्या जाने राष्ट्रिय टोलीको बिदाइ

केन्द्रबिन्दु
0
Shares

नेपाल क्रिकेट संघ (क्यान) ले केन्या भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको सोमबार बिदाइ गरिएको छ । नेपाली टिम त्यसतर्फ सोमबार साँझ जाँदैछ ।  नेपाली टिम शारजाह हुँदै केन्या पुग्ने कार्यक्रम छ । टोलीमा १६ खेलाडीसहित पाँच अफिसियल छन् । 

नेपालले घरेलु टोली केन्यासँग पाँच टी – २० खेल र तीन एकदिवसीय शृंखला खेल्ने कार्यक्रम छ । नेपालले यो शृंखलालाई आईसिसी विश्वकप २ को तयारीको लागि हेरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले केन्या भ्रमणमा जाने टोलीलाई शुभकामना दिँदै विश्वकप २ अघि यस खेलले राम्रो तयारी हुने बताए । 

टोलीमा  सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख, आरिफ शेख (विकेट किपर), दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदील आलम, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद (विकेट किपर), पवन सर्राफ, शाहब आलम, किशोर महतो, विवेक यादव रहेका छन् । 

Logo