चुनाव तयारीबारे छलफल गर्न एमाले स्थायी कमिटी बैठक बस्दै

चुनाव तयारीबारे छलफल गर्न एमाले स्थायी कमिटी बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको तयारी लगायत विषयमा छलफल हुने छ । आम निर्वाचनमा एक्लै अगाडि बढ्ने निर्णय गरेको एमालेले चुनाव केन्द्रित योजना बनाउन स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी र केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक बोलाएको छ ।

आम निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने तर आवश्यकताका आधारमा चुनावी तालमेल हुन सक्ने एमालेले बताउँदै आएको छ । गत साउन २६ गते बसेको एमाले सचिवालय बैठकले भदौ ७ गते स्थायी कमिटी बैठक, भदौ ९ गते पोलिटब्युरो बैठक, भदौ १० र ११ गते केन्द्रीय कमिटी बैठक तथा भदौ १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो ।  एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी बनाएको छ ।

Logo