सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ नेपाली बजारमा

सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ नेपाली बजारमा

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा  सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’  लन्च भएको छ । 

नेपालका लागि सुजुकी टु ह्विलरको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले सुजुकी एभेनिस स्कुटर औपचारिक रुपमा लन्च गरको हो ।

आधिकारिक वितरक भीजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक निकुन्ज अग्रवाल, सुजुकी मोटर्स इन्डिया प्रालिका इन्टरनेसनल मार्केटिङ म्यानेजर सशांक तलवार र भीजी अटोमोबाइल्सका महाप्रबन्धक धिरज भट्टराईले संयुक्त रुपमा सो स्कुटर सार्वजनिक गरे ।

आकर्षक र मोडर्न डिजाइन भएको सुजुकी एभेनिस स्कुटर जेनेरेसन जेड अर्थात युवा पुस्तालाई लक्ष्यित गरी ल्याइएको कम्पनीको भनाइ छ । 

सुजुकीका मोटरसाइकल वा स्कुटर टेक्नोलोजी र स्मुथ पर्फमेन्सलाई ध्यान दिएर बनाइने भएकाले धेरैले रुचाउने गरेको कम्पनीको भनाइ छ । यो स्कुटरको मूल्य ३ लाख रुपैयाँ निर्धारण गरिएको छ ।

पावर, पर्फमेन्स र स्टाइललाई विशेष ध्यान दिएर बनाइएको यो स्कुटरमा एड्भान्स्ड स्पोर्टी स्टाइलिङ, बडी माउन्ट ब्राइट एलईडी हेडल्याम्प, यूएसबी सहितको फ्रन्ट फ्युल बक्स, एक्सटर्नल हिन्ज टाइप फ्युल क्याप, अन्डर सिट स्टोरेज स्पेस र मोटरसाइकल इन्स्पायर्ड रियर इन्डिकेटर आदि उपलब्ध छन् ।

एभेनिसमा एफआई टेक्नोलोजीसहितको शक्तिशाली १२५ सीसी विएस६ इन्जिन जडान गरिएको छ । जसले ६७५० आरपीएममा ८.७ पीएस पावर र ५५०० आरपीएममा १० एनएमको टर्क जेनेरेट गर्छ । स्कुटरको कुल वजन १०६ किलोग्राम छ ।

अब सुजुकी एभेनिस भित्रिए पश्चात भने नेपालमा लोकप्रिय मानिएका टीभीएस एनटर्क, यामाहा रे जीआर र होन्डा डियोलाई यो स्कुटरले कडा टक्कर दिने अनुमान गरिएको छ ।

Logo