पत्रकार भण्डारीको ‘सत्ता संघर्षः ३० वर्षमा २८ सरकारका नालीबेली’ सार्वजनिक

पत्रकार भण्डारीको ‘सत्ता संघर्षः ३० वर्षमा २८ सरकारका नालीबेली’ सार्वजनिक


पत्रकार रामकृष्ण भण्डारीको पुस्तक ‘सत्ता सङ्घर्षः ३० वर्षमा २८ सरकारका नालीबेली’ सार्वजनिक भएको छ । २०४८ सालपछिका २८ सरकारबारे लेखिएको सो पुस्तक सांग्रिला बुक्सले बजारमा ल्याएको हो ।

२०४६ सालको जनआन्दोलनले ३० वर्षे पञ्चायती शासन ढालेर प्रजातन्त्र पुनर्स्थापना भएपछि शासन व्यवस्था जनप्रतिनिधिका हातमा आए पनि दलीय दाउपेच र अन्तर्द्वन्द्वले मुलुक दिशाहीन बन्न पुगेको विषय पुस्तकमा प्रस्तुत गरिएको छ । 

सो अवसरमा पुस्तकका लेखक पत्रकार भण्डारीले २८ सरकारका प्रधानमन्त्री लगायत महत्त्वपूर्ण राजनीतिक व्यक्तिसँग विभिन्न घटनाक्रमलाई लिएर प्रत्यक्ष कुराकानी गरेर प्राथमिक स्रोतको रुपमा प्रयोग गरेको बताए । उनी कान्तिपुर टेलिभिजनमा कार्यरत छन् ।
 

Logo