‘नाच्देउ बसन्ती’ को कभर बनाउनेले १ लाख पाउने , समयसीमा जनवरी २८ सम्म

‘नाच्देउ बसन्ती’ को कभर बनाउनेले १ लाख पाउने , समयसीमा जनवरी २८ सम्म

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गायक दिल तामाङको म्युजिक भिडियो ‘नाच्देउ बसन्ती’ को कभर भिडियो बनाउने समयसीमा जनवरी २८ सम्म तोकिएको छ ।

प्रोडक्सनले एक सूचना जारी गर्दै नाचिदेउ बसन्ती को कभर भिडियो बनाइसक्नु पर्ने समय सीमा तोकेको हो । यसअघि नै नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले भिडियो निर्माता कम्पनीले गीतको कभर भिडियो बनाउने मध्ये एउटा उत्कृष्ट भिडियोलाई एक लाख नगदसहित सम्मान गरिने जनाएको थियो ।

यस्तै गीतको भिडियोले सार्वजनिक भएको २ हप्तामै १० लाख अर्थात् १ मिलियन भ्युज पार गरेको छ । भिमफेदी गाइज र एलिसा शर्माको दमदार अभिनय रहेको भिडयोलाई स्टार क्याडेटको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको थियो ।

गीतमा डिपी खनालको शब्द र शंकर थापा स्माइलको संगीत रहेको छ । गीतको भिडियोलाई निर्मल लामाले निर्देशन गरेका हुन् ।

 

 

Logo