लैङ्गिक अल्पसंख्यक कलाकारको कला प्रदर्शनी सम्पन्न

लैङ्गिक अल्पसंख्यक कलाकारको कला प्रदर्शनी सम्पन्न

केन्द्रबिन्दु
0
Shares

गेहेन्द्र धिमाल फाउन्डेसनले लैङ्गिक अल्पसंख्यक समुदायमा आधारित ‘द प्राइडस् प्यालेट’ फेसन डिजाइन र कला प्रदर्शनी सम्पन्न गरेको छ । 

मंगलबार काठमाडौंमा एक कार्यक्रम आयाेजित यस कार्यक्रमले कलाकारहरूलाई उनीहरूको कलाको रूप अभिव्यक्त गर्न र प्रदर्शन गर्नको लागि ‘एक्सपोजर’ सिर्जना गरेको गेहेन्द्र धिमाल फाउन्डेसनका अध्यक्ष गौतम धिमालले बताए ।

वर्तमान र भावी पुस्तामा कलालाई पुनर्जीवित गर्ने र कला प्रदर्शन गर्ने महत्त्वपूर्ण कदमको रुपमा जुन २५ देखि जुन ३० तारिखसम्म यो प्रदर्शनी आयोजना भएको थियो । यो प्रदर्शनीमा दुई कलाकारहरु डिजाइनर एलिज घिमिरे र अदिति शेर्पा डिजिटल कलाकारका कला प्रदर्शनी भएका थिए ।

पहिलोपटक आयोजना भएको ‘सिलाएका सपना’मा क्वियर कलाकारले लैङ्गिक तरलता र लैङ्गिक डिसफोरियामा आधारित आफ्नो संग्रह प्रदर्शन गरेका छन् । यो प्रदर्शनी आफ्नो किसिमको पहिलो मात्र नभई कलाकार मात्र नभएर सिंगो समूदायको आन्दोलन, इतिहास, उपलब्धि पनि भएको जनाइएको छ । 

Logo