काठमाडाैं ।
गायक निर्मल दाहालको नयाँ गीत ‘अचेल मायाको’ भिडियो सार्वजनिक भएको छ। रंगकर्मी सन्दिप डंगोलको शब्द तथा संगीतमा रहेको उक्त गीतमा चर्चित गायक नबिन के भट्टराईको संगीत संयोजन रहेको छ।
गीतको भिडियोमा गायक निर्मलसँगै मनोज सापकोटा र आस्था बस्नेतको अभिनय रहेकाे छ। राजीव थापा र मिलन तामाङ्गकाे छायांकन रहेकाे भिडियोलाई रितेश जंग क्षेत्री र विशाल लामाले सम्पादन गरेका हुन्। गीतको भिडियोको निर्देशन मन्दिप बखुंचेले गरेका हुन्।
उक्त गीतको भिडियो गायक निर्मल दाहालकै अफिसियल युटुब मार्फत हेर्न सकिन्छ भने अन्य स्ट्रिमिंग प्लेटफार्मबाट पनि सुन्न सकिने छ ।
भिडियाे





























प्रतिक्रिया