फेसनका नयाँ र उत्कृष्ट डिजाइनर प्रस्तुत गर्ने उद्देश्यले ‘आईईसी डिजाइनर रनवे १२’ नामक फेसन शो आयोजना गरिएको छ ।
आईईसी कलेजद्वारा आयोजित फेसन शो शुक्रबार काठमाडौंको दरबार मार्गस्थित याक एन्ड यती होटलमा सम्पन्न भएको हो । फेसन शोमा २७ नेपाली तथा ६ अन्तर्राष्ट्रिय मोडलले र्याम्पमा फेसनमा नयाँ डिजाइन प्रस्तुत गरेका थिए ।
फेसन शोमा ५१ जना फेसन डिजाइनरले तयार पारेका डिजाइन र्याम्पमा प्रस्तुत गरेका छन् ।
फेसन शोमा ५१ जना फेसन डिजाइनरले तयार पारेका डिजाइन र्याम्पमा प्रस्तुत गरेका छन् । फेसन डिजाइनर नै आईईसी कलेजका २०औँ ब्याजका पास आउट विद्यार्थी हुन् । ‘ब्लिंक टेल्स’, ‘द ब्रोकन कोलम’, ‘रिभाइभल मेटामोर्फोसिस’, ‘होमेज टू स्टोलन आर्टिफ्याक्टस’, ‘फेज डेलालुन’, ‘मोजोलिका’, ‘अभियाना’, ‘फंगाइ’, ‘अन्डर वाटर स्केप’, ‘फ्लोरल अपलेन्स’, ‘इलुमाइन अलर’ शीर्षकका ११ सिक्वेन्स मोडलले फेसन प्रस्तुत गर्ने शोको म्यानेजमेन्ट नेक्स्ट मोडल्स नेपालले लिएको थियो ।
फेसन डिजाइनर आईईसी कलेजका २०औँ ब्याजका पास आउट विद्यार्थी हुन् ।
फेसन शोमा अभिनेत्री स्वस्तिमा खड्का, आँचल शर्मा, पूर्वमिस नेपालहरू नम्रता श्रेष्ठ र अश्मी श्रेष्ठ तथा मिस्टर नेपाल समर्पण कार्की रहेका थिए । साथै भारतीय कोरियोग्राफार यतिन नरेन्द्र गान्धी पनि सहभागी थिए ।
साे अवसरमा आयोजक कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यले लामो समयदेखि ‘आईईसी डिजाइनर रनवे’ आयोजना हुँदै आएको जानकारी गराएकी थिइन् ।





























प्रतिक्रिया