रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले सातौं संस्करणअन्तर्गत आयोजना गरेको ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’ का विजेताहरुको घोषणा गरेको छ ।
काठमाडौं राष्ट्रिय नाचघरमा सम्पन्न सिनियर र जुनियरअन्तर्गत ब्वाइज र गर्ल गरेर ४ विजेता चुनिएका छन् । जसअन्तर्गत आरुष भट्टराई, ब्रबिम बराल, सायुरी कडेल र अक्क्षयनी दाहाल ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’का विजेताका रुपमा घोषित भएका छन् ।

प्रतियोगीतामा सिनियर ब्वाइजतर्फ आरुष भट्टराई र जुनियर ब्वाइजतर्फ ब्रबिम बराल विजेता बने भने सिनियर गर्लतर्फ अक्क्षयनी दाहाल र जुनियर गर्लतर्फ सायुरी कडेलले उपाधि प्राप्त गर्न सफल भए ।
त्यस्तै प्रतियोगीतामा जुनियर ब्वाइजतर्फ सम्भव जैन फष्ट रनअप, आर्देन सुवेदी सेकेन्ड रनरअप, सिनियर ब्वाइजतर्फ भियोम गोयल फष्ट रनरअप र आरजय कोइराला सेकेन्ड रनरअप बन्न सफल भए । सिनियर गर्लतर्फ सावलिन महर्जन फष्ट रनरअप र दृष्टि शाह सेकेन्ड रनरअप बने भने जुनियर गर्लतर्फ सदीक्षा जिसी फष्ट रनरअप र राधिका गोयल सेकेन्ड रनरअपको उपाधि प्राप्त गर्न सफल भए ।

विजेताहरुले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुने अवसर र दावा एचएमसी नेपाल प्रालीको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । दावा टेक्नोलोजी एचएमसी नेपाल प्रालिको मुख्य प्रायोजन रहेको प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा माछापुच्छ्रे स्कुलका प्रिन्सिपल तथा एकडेमिक निर्देशक सम्पुर्ण देवापाटे, संचारककर्मी लव कार्की, अर्थमन्त्रालयका अफिसर पुनम भट्ट, अभिनेता मुकुन भुषाल, मातृभुमि स्कुलका कोअर्डिनेटर जयराम अधिकारी, टिम नेपालका अध्यक्ष प्रदीप बज्राचार्य लगायतका व्यक्तिहरु निर्णायकका रुपमा रहेका थिए । हेयर एण्ड मेकअप पार्टनरको रुपमा मन्जुमेकअप स्टुडियो रहेको थियो ।
७ वर्षदेखि १३ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको सहभागिता रहेको प्रतियोगीतामा डान्स कोरियोग्राफर संयुक्त स्थापित, कोरियोग्राफी अन्तर्राष्ट्रिय फेसन कोच राज फैजु, ड्रेस डिजाइन श्रीषा बैदारले गरेका थिए । विशेष रुपमा सम्पन्न विजेता घोषणा कार्यक्रममा चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रबिन्द्र खड्का, चलचित्र सेन्सर बोर्डका पूर्व सदस्य राजेश महर्जन लगायत चलचित्रकर्मीहरुको उपस्थिति थियो ।































प्रतिक्रिया