“अनु र बिम्ब” ब्याण्डको “आकांक्षा” नामक गीतको भिडियो सार्वजनिक भएको छ । जसमा शब्द, संगीत अपेक्षा गुरुङ्गको रहेको छ भने गीतको एरेन्ज प्रदिप जोशीले गरेका छन् । एलिशा न्यौपानेको अभिनय रहेको गीतको भिडियोमा ब्याण्डका सबै सदस्यहरुको प्रस्तुति देख्न सकिन्छ। त्यस्तै भिडियोमा शन्तु लामाको निर्देशन र रुमन लामाको सम्पादन रहेको छ ।
अनु शाक्य द भोईस अफ नेपाल सिजन १ कि टप १६ ट्यालेन्ट मध्ये एक हुन् । उनले सन् २०१७ मा “अनु र बिम्ब” ब्यान्ड स्थापना गरि सोहि ब्याण्ड मार्फत गीतहरु सार्वजनिक गर्ने गरेकी छिन् । उनी ब्याण्डको लिड भोकलिस्ट हुन् भने उनी सँगै लिड गीतारिस्टमा दिनेश नकर्मी , रिदम गीतारिस्टमा दिविन शाक्य, ड्रमरमा अस्मि महर्जन र व्यासिस्टमा प्रविन महर्जन रहेका छन् ।
प्रकाशित: २२ चैत २०७६ १५:०७ शनिबार