सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपालको आयोजक हेरफेर भएको छ । अबदेखि नेपालमा यो पेजेन्टको आयोजना ग्लोबल ग्ल्यामर भेन्चरले आयोजना गर्ने भएको छ ।
बिहीबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै ग्लोबल ग्ल्यामर भेन्चरले ‘मिस युनिभर्स २०२४’ आयोजनाको आधिकारिता आफूले प्राप्त गरेको जानकारी दिएको हो।
बिहीबार पत्रकार सम्मेलन आयोजना गरी आयोजक हेरफेरको जानकारी दिइयो। जसअनुसार मिस युनिभर्स नेपाल-२०२४ को राष्ट्रिय निर्देशकमा संगीता पुरी, संस्थाको अध्यक्षमा आलोक क्षेत्री र सीईओमा सबी पुरी छन् । यसअगाडि ‘मिस युनिभर्स नेपाल’ उमंग क्रियसनले गर्दै आएको थियो । उमंग अगाडि मिस युनिभर्स नेपाल‘मिस नेपाल’आयोजक द हिडन ट्रेजरले गरेको थियो ।
कार्यक्रममा मिस युनिभर्सल वुमिन–२०२३ की विजेता भ्यालेन्टिना सान्चेज ट्रिभेल्ला र कोच अलेक्जेण्डर गोन्जालेज, नेपाल पर्यटन बोर्डका सिईओ डा. धनन्जय रेग्मी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा महिलाको अधिकार, पहिचान र प्रतिभालाई विश्वमाझ चिनाउने उद्देश्यले यो वर्षबाट ग्लोबल ग्ल्यामर भेन्चर मिस युनिभर्स नेपालमा जोडिएको राष्ट्रिय निर्देशक संगीता पुरीले बताइन् । ‘किन र कसरी यो प्रतियोगिताबाट पुरानो आयोजक हट्नु भयो हामीलाई थाहा भएन’, पुरीले भनिन् ‘हामी अन्तर्राष्ट्रिय प्रतियोगिताको खोजीमा थियो । यो गर्नुस् भन्नु भयो हामी होमियौ ।’ प्रतियोगिताका लागि सबैसँग सहकार्यका गरेर अगाडि बढ्ने उनको धारणा रहेको थियो ।
कार्यक्रमका लागि केही साताअघि नेपाल आइपुगेकी मिस युनिभर्सल वुमिन–२०२३ की विजेता भ्यालेन्टिना सान्चेज ट्रिभेल्लाले आफ्नो सौन्दर्य प्रतियोगिताको यात्राको बारेमा बताइन् । उनले नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति, खाना र आतिथ्यको प्रशंसा गर्दै आफ्नो परिवार पनि नेपाल घुम्न आउन उत्साहित रहेको बताइन् । सांस्कृतिक सौन्दर्य र मिठासले मलाई लोभ्याएको उनको भनाई थियो । उनी पहिलो पटक नेपाल आएकी हुन् ।
मिस युनिभर्स नेपाल पुरानै मापदण्डअनुसार आयोजना हुनेछ । प्रतियोगितामा १८ वर्ष नाघेका विश्वभरका नेपालीले सहभागी जनाउन सक्नेछन् । ‘मिस युनिभर्स २०२४’ को फिनाले आगामी सेप्टेम्बर २८ मा मेक्सिकोमा आयोजना हुँदैछ । नेपालको विजेताले मेक्सिकोमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । प्रतियोगिताको लागि आगामी अप्रिलबाट आवेदन फर्म खुल्ला हुनेछ ।
प्रतियोगिताको निर्णायक तथा अन्य जानकारी ‘मिस युनिभर्स नेपाल’को आधिकारी पेजबाट गराइने आयोजकले जनाएको छ ।





























प्रतिक्रिया