सुदीप बरालको निर्देशनमा ‘दिलमा फोटो’ सार्वजनिक (भिडियोसहित)

सुदीप बरालको निर्देशनमा ‘दिलमा फोटो’ सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

छायांकार सुदीप बराल निर्देशन यात्रामा पनि उत्तीकै अगाडि बढिरहेका छन् । उनले पछिल्लोपटक निर्देशन गरेको दिलमा फोटो बोलको गीतको म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ।

आरबी सिर्जन र मेलिना गुरुङको स्वरले सजिएको गीतमा वसन्त सापकोटाको शव्द रचना र संगीत रहेको छ। रविन न्यौपानेको छायांकन रहेको यस गीतको म्युजिक भिडियोमा कविराज गहतराजको शानदार कोरियोग्राफी छ।

भिडियोमा रेनिष फागोको कलर र मनोहरी पौडेलको प्रडक्सन रहेको छ। भिडियोमा निर्देशक सुदीप बरालले नाजिर हुसेन र उषा उप्रेतीलाई अन स्क्रिन रोमान्स गराएका छन्। गीतमा लुकीछुपी लगाएको मायाको कुरा गरिएको छ।

नाजिर पछिल्लो समयमा म्युजिक भिडियोमा बढी देखिन थालेका छन् । उनलाई दर्शकले म्युजिक भिडियोमा मन पराउँदै आएका पनि छन्। भिडियो :

Skip This
Skip This
Logo