अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीले सम्हाल्ने

अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीले सम्हाल्ने


डा. युवराज खतिवडाले सम्हाल्दै आएको अर्थ र सञ्चार तथा सूचना मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको छ ।

खतिवडाले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम राजीनामा दिएपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीले सम्हाल्ने गरी जिम्मेवारी तोकेकी हुन् ।

सेक्युरिटी प्रेस खरिद प्रकरणको अडियो सार्वजनिक भएपछि तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएपछि सञ्चार मन्त्रालयको जिम्मेवारीसमेत डा. खतिवडालाई दिइएको थियो ।

Logo