भानुआटुमा ६.१ को म्याग्नीच्युडको भूकम्प

भानुआटुमा ६.१ को म्याग्नीच्युडको भूकम्प


भानुआटु ।

भानुआटुमा शुक्रबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सुर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ ।

यस भूकम्पमा परि के कति धनजनको क्षति भएको हो, सो लगायतको विस्तृत विवरण भने प्राप्त भएको छैन।

भूकम्पको केन्द्रविन्दु भने भानुआटुको इजआनजेलबाट १४६ किलोमिटर टाढा रहेको स्थानको आसपासमा नै ११७.७४ किलोमिटर गहिराईमा रहेको समाचारमा जनाइएको छ ।

भानुआटुमा भूकम्पको प्रकोपले बारम्बार सताइरहेको पाइन्छ ।रासस

 

Logo