काठमाडौं ।
काठमाडौं– अभिनेता पल शाह र मोडल रेश्मा घिमिरे अभिनित म्यूजिक भिडियो ‘क्या मज्जा आको’ सार्वजनिक गरिएको छ । एजिएल इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यो गीतको भिडियो एजिएलकै अफिसियल यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
राजनराज सिवाकोटीको संगीत रहेको गीतमा संगीतकार स्वयं र मेलिना राईको स्वर सुन्न सकिन्छ । रोमान्टिक शैलीको यो गीतमा पल शाह कृष्णको भूमिकामा छन् भने रेश्मा सीता र राधाको भूमिकामा छिन् । भिडियोमा अभिनेता निर्मल शर्माको समेत अभिनय रहेको छ । भिडियोमा थिएटर घरमा रहने कलाकारहरुको रिहर्सलको समयको कथा देखाईएको छ ।
गम्भीर बिष्टको निर्देशन रहेको गीतको भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका छन् । भिडियोको सम्पादन तथा कलर ग्रेडिंग नबिन निरौलाले गरेका हुन् । भिडियो :































प्रतिक्रिया