काठमाडौं ।
नयाँ सांगीतिक गजल ‘नजरले नजरको’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीत/गजलमा राज सागरको स्वर तथा संगीत सुन्न सकिन्छ । गीतमा सन्जिव बराइलीको एरेन्ज तथा दीप गुरुङको मिक्सिङ रहेको छ ।
सार्वजनिक गीतको भिडियोमा भने नग्मा श्रेष्ठ र दिपेन्द्र शाही ठकुरीको अभिनय रहेको छ । भिडियोलाई मोडल दिपेन्द्रले नै कोरियोग्राफी गरेका हुन् भने टेकेन्द्र शाहले निर्देशन तथा सम्पादन गरेका हुन् ।
लक्ष्मण गगनका शब्दमा रहेको गीतको म्युजिक भिडियो नेपाली वेबसाइटको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । भिडियो :





























प्रतिक्रिया