सरु र विनायकको ‘क्यारम तनी’ मा महानायक हमालको अभिनय (भिडियोसहित)

सरु र विनायकको ‘क्यारम तनी’ मा महानायक हमालको अभिनय (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गायिका सरु गौतम र गायक विनायक बसेलको स्वरमा रहको क्यारम तनी बोलको गीत सार्वजनिक भएको छ ।

सरोज गौतमको प्रस्तुति रहेको गीतमा महानायक राजेश हमालको साथमा प्रतिमा कंडेल, उत्तम केसी र नारायणबहादुर पाण्डेको अभिनय देख्न पाईन्छ ।

गीतको शब्द र संगीत भिम बिसी, एरेन्ज पुष्कर सुनवार र मिक्सिङ, मास्टरिङ दिपकराज विश्वकर्माको रहेको छ ।

देवेन्द्र पाण्डेको निर्देशन रहेको भिडियोको छायांकन उत्सव दाहाल, सम्पादन र कलर विकास दाहाल, प्रोडक्सन मेनेजर दिपेन गौतम (माईकल), सहायक नृत्य निर्देशन राजाराम सिम्खडा, शृङ्गार राम ठाकुर र नन्दा अधिकारी र प्रचार संयोजक सन्तोष डिजाइनले गरेका छन् ।

गीतको भिडियो डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ । भिडियो :

Logo