गायिका अनिता चलाउने नेपाल वर्ष-२०२० उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित

गायिका अनिता चलाउने नेपाल वर्ष-२०२० उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पछिल्लो समय चर्चामा रहेकी सुमधुर स्वरकी धनी गायिका अनिता चलाउने नेपाल जेसीजको ४७ औं राष्ट्रिय महाधिवेशनमा कला संगीत तथा संस्कृति क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याए बापत सम्मानित भएकी छिन् ।

नेपाल जेसीजद्वारा प्रत्येक वर्ष प्रदान गरिने TOYN अवार्डबाट नेपाल वर्ष-२०२० को उत्कृष्ट युवा छनोट समितिद्वारा उनलाई नगद तथा स्वर्णपदकसहित उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित गरिएको हो ।

बुधबार भैरहवामा आयोजित एक कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले उनलाई नगद र सम्मानपत्र प्रदान गरेका थिए । सम्मान ग्रहण गर्दै गायिका चलाउनेले आफूलाई आगामी दिनमा गीतसंगित क्षेत्रमा काम गर्ने थप हौशला बढेको बताइन् । साथै सम्मान गर्नु हुने संस्था लगायत सबैमा हार्दिक आभार पनि प्रकट गरेकी छिन् ।

करिब एक दशकदेखि नेपाली गीतसंगित क्षेत्रमा सक्रिय चलाउनेले दर्जनौं गीतहरुमा स्वर दिइसकेकी छिन् । तीजगीत लगायत पर्व विशेषका गीतहरु पनि सार्वजनिक गर्ने गरेकी उनको यतिबेला फुटेका चुरा गीत सर्वाधिक रुचाइएको छ । यसमा गायक प्रकाश सपुत र अनिता चलाउनेको स्वर छ ।

यस्तै कार्यक्रममा मेमोरी पावरका गिनिज वर्ल्ड रेकर्ड होल्डर अर्पण शर्मालाई पनि जेसिस उत्कृष्ट युवा-२०२० सम्मान गरिएको थियो ।

Logo