नेपाल संक्रमणकालबाट गुज्रिरहेको थियो । नेपाली जनताले भोट हालेर निर्वाचित गरेको २०५ सदस्य विघटन भयो । जुन कुराले र्यापर गिरिश खतिवडाको मन पोल्यो । उनले मलाई ‘भोट देउ गीत’ मार्फत मनको बह पोखे । देशमा राजनीतिक स्थिरता छैन् । राजतन्त्रको अन्त्य भएर गणतन्त्र आयो । तर पनि नेपाली जनताले परिवर्तन महसुस गर्न पाएको छैन् ।
हुन त गीतले जागरणको कुरा गर्छ । कहिले गीतले सन्देश प्रवाह गर्छ । कहिले गीतले आक्रोस ओकल्छ । गीत एक हतियार पनि हो । यसको माध्यामबाट कतिपय मुद्दाहरु छेड्ने गरिन्छ । गीतले कहिले विद्रोेहको भाषा बोल्छ । ‘राजनीतिक र्यापर’ को नामले चिनिने गिरिशले पनि गीतको माध्यमबाट राजनीतिक सन्देश दिन्छन् ।
उनको गीत अर्थपुर्ण र सन्देशमुलक भाव बोकेको हुन्छ । र्यापर गिरिश खतिवडा युवापुस्तामाझ लोकप्रिय नाम हो । उनको सोसल मिडियामा पनि राम्रो पकड छ । नेपाली र्यापमा उनको नाम अगाडि आउँछ । उनको गीत युट्युवमा भाइरल नै हुन्छ ।
https://www.youtube.com/watch?v=xbYMMP60ID8
उनले यस्तै सन्देश बोकेको नयाँ गीत ल्याएका छन् । ‘पृथ्वी नारायण शाहको पाल’ बोलको गीत ल्याएका हुन् । उक्त गीतको रचनाकार पनि उनी आफै हुन् । गीत लेखन र रचनामा योगीले पनि सघाएका छन् भने उक्त गीतको म्युजिक भिडियोको निर्देशक तथा सम्पादन अनिश श्रेष्ठले गरेका हुन् ।
गिरिश गायक, संगीतकार तथा गीतकारको अलाव रेडियो जक्की (आरजे) र किस्को जक्की (डिजे) पनि हुन् । उनले प्राय आफ्नो गीतको मिक्सीङ र एडिटिङ पनि आफै गर्ने गरेका छन् । म्युजिक भिडियो खिच्ने देखि लिएर भिडियो सम्पादनको कामको जिम्मा पनि उनी आफै लिन्छन् ।
पृथ्वी नारायण साहको पाल
काडेर सुकाथे सोसकको छाला,
राणा र सहाले फेरि बिगारे,
मुखिया जमिन्दार हकलाउन थाले,
यो मेरो जमिन, यो मेरो कारिन्दा,
छोडेर सबै, ढोग मेरो जमिनमा,
तँ काँ को शोसक यो २१ औं सताब्दी
देस भरी उम्रेका रोगी मनलाग्दी
मिलेर भाइलाई आउन दे,
छेरेर कटुटुमा धम्कि न दे,
हिजोको चल्ला, आजको भोटी,
सन्किनेहरुलाई सन्कीन दे,
कसैको डरले नपर पछाडि,
बोलेर बिकनुछ बढ्नु अगाडि,
आमाको काखमा बाघ हुन्छ बिराली
म्याउ गरि ठुलै हो ठण्द बिराली
मायाले फकाउछु म,
कमजोरी खोज्दैन म,
बेरोजगार बस्दिन म,
कोरेको बाटोमा पिच हाल कि पिलेन,
मतलब नै गर्दिन म,
बुझिस् …. चुन्नु मुन्नु ….
जान्ने सुन्ने हुनु
सुनिस् ….तोरी कान्छा …
समाई टेटुवा मार्दिन्छु रे,
भागिहाल ज्यान जोखिम नपार्ने भे,
थिचेर आँखा पो झारिदिन्छु
खुकुरी सोझाई हान्दिन्छु रे,
थुपुक्क सुनेर नभन्नु क्यै ?
सोधेमा काम्पेर डराए झैँ,
गल्ति भो दाजु, भन्दिनु रोइ,
भनेको मानेर बस्दिनु है,
तर भए तर खान्छ,
घिउ भए घियु लान्छ,
२–४ दिन आफैलाई
नेपहपको किंग ठान्छ,
जितेर जा, बरु आइज तान्छु
गरेर खा अनि सबैलाई मान्छु,
हात हेर त मेरो ठेला नि ग छैन,
हारेर हात उठा, तुस पालि काम छैन,
पृथ्वी नारायण साहको पाल
काडेर सुकाथे सोसकको छाला,
राणा र सहाले फेरि बिगारे,
मुखिया जमिन्दार हकलाउन थाले,
यो मेरो जमिन, यो मेरो कारिन्दा,
छोडेर सबै, ढोग मेरो जमिनमा,
तँ काँ को शोसक यो २१ औं सताब्दी
देस भरी उम्रेका रोगि मनलाग्दी
मिलेर भाइलाई आउन् दे,
छेरेर कट्टुमा धम्कि न दे,
हिजोको चल्ला, आजको भोटी,
सन्किनेहरुलाई सन्कीन दे,
कसैको डरले नपर पछाडि,
बोलेर बिकनुछ बढ्नु अगाडि,
आमाको काखमा बाघ हुन्छ बिराली
म्याउ गरि ठुलै हो ठण्द बिराली
आफु झैँ आउनेलाई आउन दे,
तोरी हो भन्नेलाई बालै नदे,
पैसाको लागि, होइन नेपहप,
कसैको रहर नअल्झिनदे,
म लडें म उठें यहाँ… बुझिस् ….
को लड्यो को उठ्यो यहाँ … गिरिस ….
मैदानमा को लडी राछ… हेर्न ….
बाटो कस्ले खनी राछ .. दाईले ..
के को हो यो झगडा ….
मिलेर गाडी चला …. …
न भए दाइलाई सोध …..
पहिला टिक्नु त खोज ……..





























प्रतिक्रिया