एजेन्सी । सलमान खान स्टारर फिल्म ‘भारत’ को अफिसिल ट्रेलर सार्वजनिक गरिएको छ । यो चलचित्रमा सलमान र कट्रिना मुख्य भूमिकामा छन् । अली अब्बास जफर निर्देशित चलचित्रमा सलमान युवादेखि वृद्ध सम्मको विभिन्न अवतारमा देखिएका छन् ।
फिल्ममा सलमान र कट्रिनाको अलावा ज्याकी श्राफ, सुनिल ग्रोबर, दिशा पटानी लगायतले अभिनय गरेका छन् । यो फिल्मले राष्ट्रियताको कथालाई उठान गरेको छ ।
केही दिन अघि मात्र फिल्म भारतको पोष्टरहरु सार्वजनिक भएका थिए । भारत ईदको अवसर पारेर जुन ५ बाट प्रदर्शनमा आउँदैछ ।





























प्रतिक्रिया