प्रिन्सी र प्रिज्माले पललाई मिस गर्दै काटे केक (भिडियोमा)

प्रिन्सी र प्रिज्माले पललाई मिस गर्दै काटे केक (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गायक प्रमोद खरेलको ‘झुमा झुमा’ म्युजिक भिडियो १० लाख भ्यूजसहित नम्बर १ ट्रेण्डिङमा पुगेको छ । आफ्नै युट्युब च्यानलमार्फत शुक्रबार दिउँसो ४ बजे गायक खरेलले झुमा झुमा गीत सार्वजनिक गरेका थिए । गीत सार्व्जिनक भएको एक दिनमै १० लाख भ्यूज बटुल्न सफल भएको हो । भिडियोमा चर्चित मोडल पल शाह र गायक खरेलसँग जुम्ल्याह दिदीबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाले अभिनय गरेका छन् ।

प्रिन्सी र प्रिज्मा टिकटकमार्फत उदाएका कलाकार हुन् । १० लाख भ्यूज पुगेको उपलक्ष्यमा केक काटिएको छ । केक काट्दा भिडियोका मुल्य कलाकार भने अनुपस्थित रहे । मोडल पल शाह र गायक खरेलको अनुपस्थितिमा प्रिन्सी र प्रिज्मासहित अन्य टोलीले मात्र केक काटेका हुन् । उक्त कार्यक्रममा प्रिन्सी र प्रिज्माले पल र प्रमोदलाई निकै मिस गरेका थिए ।

‘झुमा झुमा’ को सुटिङको क्रममा रोचक घटना घटेको थियो । पार्टी प्यालेसमा सुटिङको क्रममा प्रहरी नै आएको थियो । राति १० बजेपछि पनि सुटिङ नसकिएपछि पार्टी प्यालेस सञ्चालकले प्रहरी बोलाएको प्रिन्स र प्रिज्माले जानकारी दिईन् । गीतमा हिमांशु रायमाझीको शब्द र भीम बिसीको संगीत रहेको छ । भिडियोमा शुभम भुजेलले कोरियोग्राफ गरेका छन् भने दिपक आचार्यले निर्देशन गरेका छन् ।

https://www.youtube.com/watch?v=A1TZgVOD5g8

Logo