‘संगित’ शब्दले जति मिठास दिन्छ त्यो भन्दा कयौ गुण बढी मिठास दिने कुनै शब्द छ भने त्यो हो ‘सुगम संगित’ । नेपाली सांगेतिक जगतमा त्यस्तै मिठास दिने गायक हुन्, सुगम पोखरेल । संघर्षले खारिएर नेपाली सुगम संगितका लागि पयार्य बन्न सफल गायक सुगमको जीवन यात्राले धेरैलाई जिउन सिकाउँछ ।
सानैदेखि गायनमा सौखिन पोखरेलको सांगेतिक यात्रा भने विद्यालयबाट शुरु भएको हो । सुरिलो स्वरका धनी गायक पोखरेल बाल्यकालदेखि नै गीत संगितमा औधी रुची राख्थे । त्यसो त साथीभाईसँग होस् अथवा एक्लै हुँदा नै किन नहोस् सधै गीत गुन्गुनाईरहन्थे । तर, उनी भने आफु भविष्यमा गायक बन्छु भनेर कहिल्यै नसोचेको बताउँछन् ।
उसो भए सानो छँदा के बन्ने रहर थियो त ? “सानो छँदा ‘हिरो’ बन्ने रहर जागेको थियो ।” प्रश्न सकिन नपाउँदै उनले जवाफ दिए । ‘तिमी आँट म पुर्याउछु’ भने झै उनलाई ७ कक्षामा पढ्दा पढ्दै टेलिसिरियलमा अभिनय गर्ने मौका जुर्याे । त्यसपछि त के चाहियो र, खुसीले हर्षविभोर हुँदै उनले ‘लछमनिया’ नामक टेलिसिरियलमा अभिनय गरे ।
अमेरिकी सपना तर सांगीतिक यात्रा
अमेरिका उड्ने सपना बुनेर मोरङबाट काठमाडौं आएका सुगम अन्ततः यही (काठमाडौं) मै रुमलिए । हुन त काठमाडौंले उनलाई तड्पाउनुसम्म तड्पायो । तर, त्यसको परिणाम स्वरुप उनलाई काठमाडौले नै नाम, दाम र पहिचान दिलायो । काठमाडौं आएर उनी दाई (सुनिल पोखरेल) सँग बस्न थाले । उनी आप्mनो प्रेरणाको स्रोत नै सुनिल पोखरेललाई मान्छन् ।
उच्च शिक्षा अध्ययन गर्दै उनले ‘रेडियो सगरमाथा’ मा आरजेको रुपमा काम गर्न थाले । बिहान कलेज, त्यसपछि म्युजिक क्लास, अनि काम । उनको दैनिक सेड्युल निकै व्यस्त बन्यो । विगत स्मरण गर्दै उनले भने, “बिहान ६ बजे निस्केको मान्छे बेलुका एकैचोटी ९ बजे घर पुग्थे ।”
तर उनको दिमागमा मात्र म्युजिक, म्युजिक, म्युजिक बसेको थियो । “त्यति बेला यस्तो गर्छु, उस्तो गर्छु भनेर केही थिएन् दिमागमा बस, राम्रो गीत गाँउछु, गीत गाउनु छु र एल्बम निकाल्नु छ भन्ने कुरा मात्र थियो ।” उनी आफ्नो विगतलाई यसरी कोट्याउँछन् ।
श्रीमतीको चुरा बेचेर रेकर्ड गरेको गीत ‘सुपरफ्लप’ !
‘लक्ष्य र उद्देश्यले मान्छेलाई पटक पटक परीक्षा लिन्छ ।’ भने झै गायक सुगमको सांगेतिक मोहले पनि उनलाई धेरै पटक परीक्षा लियो । रहर र प्रतिभा मात्रै भएर पनि पुग्दैन त्यसलाई पूर्णता दिन स्रोतसाधन पनि चाहिन्छ । तिनै स्रोत साधनको अभावमा सुगमले कतिसम्म हन्डर ठक्कर खाए त ? उनले एकै स्वरमा जीवन संघर्षको सबैभन्दा दुःखद पल स्मरण गरे, “एल्बम निकाल्ने पैसा नपुगेर मैले मेरो श्रीमतीको विवाहको सुनको चुरा बेचेर गीत रेकर्ड गराएको थिए ।”
परिवारबाट एक पैसा पनि नलिईकनै आफ्नै पैसाले एल्बम निकाल्ने दृढ सोचका साथ अघि बढेका सुगमलाई श्रीमतीले पनि साथ दिइन् । उनले साथी सुदिन पोखरेलसँग मिलेर ‘म माया गर्छु’ बोलको गीत रेकर्ड गराए । “यो गीत रेर्कड त भयो तर राम्रो रचना र शब्द चयन नगरेको भन्दै गीत नै रिलिज भने भएन् ।” उनी आप्mनो तितोयथार्थ पोख्छन् । श्रीमतीको विवाहको चुरा बेचेर रेकर्ड गरेको गीत अन्ततः ‘सुपरफ्लप’ भयो ।
तर पनि उनी आफ्नो लक्ष्यबाट पछि हटेनन् । त्यसपछि उनले ‘पाएर तिमीलाई’ बोलको गीत रेर्कड गराए । विडम्वना त के भने यो गीत पनि ‘फ्लप’ भयो । एकपछि अर्काे असफलता हात लागेपछि मान्छे निराश हुन्छन् । कतिपयले त आप्mनो लक्ष्यबाट नै बिट मार्छन् । तर, सुगम भने लगातार गीत ‘सुपरफ्लप’ भएपछि थप हिम्मत पलाएको बताउँछन् ।
सफलताको पहिलो खुड्किलो
दुवै गीत फ्लप भएपछि २०५८ सालमा उनको प्रयास ‘मेरो संसार’ बोलको गीत रिलिज भयो । जसलाई दर्शकहरुले निकै रुचाए । यो गति नै उनको जीवनको ‘टर्निङ प्वाइंट’ बन्यो । त्यसपछिको ‘फेरि त्यो दिन सम्झन्न चाहन्न’ बोलको गीतले त झन् तहल्का नै मचायो । उनी भन्छन्, “मलाई यही गीतले नै पप गायकको रुपमा स्थापित गरायो ।” उनलाई धेरैले पुराना गायकका रुपमा लिन्छन । कतिपयले त उनलाई घमण्डीको आरोप पनि लगाउँछन् । तर उनी भने आफुलाई नयाँ आर्टिस्ट र चुजी स्वभाव भएको बताउँछन् ।
“अहिले पनि म आफूलाई नयाँ आर्टिस्ट नै मान्छु । किनकी हरेक नयाँ गीत निकाल्दा हामी नयाँ र्आटिस्ट हुनुपर्छ ।” उनी भन्छन् । गीत गाउँनमा चुजी स्वभाव भएकै कारण उनीमाथि घमण्डीको आरोप लाग्ने गरेको उनी स्विकार्छन् । उसो भए चुजी चाँही किन त ? “किनभने मैले गाएको गीत आफूलाई चित्त नबुझी गाएको छु, भने मेरो अडियन्सलाई कसरी मनपर्छ होला ?” उनले स्पष्टीकरण दिए ।
पपदेखि फिल्मसम्म राज
पप गीत मार्फत उदाएका पोखरेलको क्रेज अहिले फिल्मको गीतमा बढ्दो छ । उनी केही वर्ष अघि देखि ‘प्ले ब्याक सिंगर’ को रुपमा समेत परिचित भएका छन् । यति मात्र नभएर उनलाई पप गायन क्षेत्रको ‘राजा’ समेत भनिने गरिएको छ । सुगम हरेक किसिमको गीत सजिलै गाउने गर्दछन् । उनले दशैंको गीतदेखि माया र प्रेमका गीतसम्म गाएका छन् । त्यसैले पोखरेललाई एक ‘भस्र्टायल’ गायकको रुपमा लिने गरिन्छ ।
पोखरेलको लोकप्रियता यति छ कि बालबालिका, युवायुवतीदेखि, बृद्ध वृद्धासम्म उनको फ्यान छन् । उनले फिल्म ‘म यस्तो गीत गाउँछु’, ‘मेरो एउटा साथी छ’, ‘ऐश्वर्य’, ‘क्याप्टेन’, ‘लभ स्टेसन’, ‘मेरो बेष्ट फ्रेन्ड’, ‘नाइँ नभन्नु ल ४’, ‘ए मेरो हजुर २’, ‘कारखाना’, ‘सायद २’ लगायतका दर्जन बढी फिल्मको गीतमा स्वर दिएका छन् ।
उनले गाएका अधिकांश गीतहरु ‘सुपरहिट’ भएका छन् । ‘मायाको बाटो’, ‘सम्हालिन्छ कहिले मन’, ‘तिमी म भन्दा कोसौं टाढा छौं’, ‘हाम्रो स्कुल पाठशाला’, ‘जाँदै छु टाढा’ लगायतका पप गीतहरु उनका हिट गीतहरु हुन् जसले सुगमलाई सांगीतिक पप गायकको रुपमा स्थापित गरायो । त्यसपछि उनले पुराना दिनहरु कहिले नसम्झी अघि बढे र सांगीतिक क्षेत्रमा सोचे जति सफल पनि भए । सुगम स्टेज कार्यक्रमहरुले गर्दा वर्षमा मुस्किलले तीन चार महिना मात्र काठमाडौमां बस्ने गर्दछन् ।
https://www.youtube.com/watch?v=3qOyJTGkLGM&t=1013s





























प्रतिक्रिया